भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

संसद बैठकमा विधेयकमाथि छलफल

संसद बैठकमा विधेयकमाथि छलफल

२५ जेठ २०७७ काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी छ । संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा विभिन्न ६ वटा मन्त्रालयगत शीर्षकमा विनियोजन विधेयकमाथि छलफल जारी छ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालय शीर्षकमा विनियोजन खर्चमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय शीर्षकमा विनियोजन खर्चमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न मन्त्रालयगत शीर्षकमा विनियोजन खर्चमाथि परेका खर्च कटौतिका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ । प्रतिनिधिसभाको हिजोको बैठकमा विभिन्न ८ वटा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ ।

आज विनियोजन विधेयकमाथिको छलफल सकिए भोलि सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएर बजेटमाथिको छलफल सम्पन्न गर्ने संसद सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.