काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटन संवैधानिक कि असंवैधानिक भन्ने बहस जारी छ ।
हिजो मंगलवार प्रतिनिधिसभा विघटन गर्ने विषय प्रधानमन्त्रीको विशेषअधिकार भित्र पर्छ कि पर्दैन भन्नेमा उनको बहस केन्द्रित रहेको थियो । संविधानको धारा–८५ र ७६ (७)मा प्रतिनिधिसभा विघटन हुनसक्ने अवस्थाबारे उल्लेख छ ।
प्रधानन्यायाधीश र न्यायाधीशहरुले विघटन हुनसक्ने सो प्रावधानबारे पटक–पटक जिज्ञासा राख्दै आएका थिए । आज बुधवार फेरि सुनुवाई गर्नेगरी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
