भर्खरै : Sorry, your browser does not support inline SVG.

राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदै

राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा दुई विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएकाे छ।  दशरथ रंगशालामा दिउँसो २ बजे देखि खेल सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

पहिलो र अन्तिम खेल दशरथ रंगशालामा  हुनेछन् भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन्। आर्मी र पुलिससहित सशस्त्र प्रहरीको एपीएफ, बिराटनगर महानगरपालिका मोरङ, चौदण्डीगढी नगरपालिका उदयपुर, वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहट गरी ७ टिम प्रतियाेगितामा सहभागी छन्।

पहिलो हुने टिमले १५ लाख, दोस्रोले ८ लाख, तेस्रोले ५ लाख र चौथो हुनेले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। हरेक टोलीलाई तयारी स्वरुप एक लाख र कोभिड रिलिफ फण्ड अनुरुप थप ५० हजार रुपैयाँ दिइएको एन्फाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.