भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सखिया नृत्यको रौनकता हराउँदै

सखिया नृत्यको रौनकता हराउँदै

कञ्चनपुर । थारु समुदायका महिलाले देखाउने सखिया नृत्य हराउँदै गएको छ । कृष्ण जन्माष्टमीका दिनदेखि सुरु गरिने नृत्य दशैँसम्म देखाउने चलन रहे पनि नृत्यलाई छोट्याएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ । कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको उनीहरुको भनाई छ ।

सखिया नृत्य सामूहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुने गरेको छ । भीडभाड हुने भएकाले नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएको थारु समुदायले जनाएको छ । थारु गाउँका भलाद्मी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ ।

गुरुवा (झाँक्रीले) तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.