भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क

सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क

मंगलबारे । कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो । विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा नै जाने र चिकित्सकको टोलीसहित औषधि वितरण गरिने बताउनुभयो । त्यसका लागि वडाभित्र सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ ।

आयुर्वेदिक औषधिले अन्य असर नगर्ने, शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने खालका औषधि चिकित्सकको सल्लाहबमोजिम नै खुवाउने व्यवस्था मिलाइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । कोरोनाको कुनै पनि औषधि पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधि सिफारिस गर्ने गरिएको छ । आयुर्वेदिक औषधि पनि चिकित्सकसँग सिफारिस गरेर मात्र वितरण गरिने बताइएको छ । हाल इलाम नगरपालिका–७ जिल्लाभरिकै बढी सङ्क्रमित रहेको वडा हो ।

इलाम सदरमुकाम र इलामकै प्रमुख व्यापारिक केन्द्र यहाँ रहेकाले पनि यस वडामा सङ्क्रमितको सङ्ख्या बढी रहेको छ । वडाध्यक्ष श्रेष्ठले यस वडामा सङ्क्रमितको अवस्था बुझ्ने, उहाँहरुको खानपानमा परिवारलाई सचेत गराउने र सरसफाइमा ध्यान दिन अनुरोध गरिने बताउनुभयो । साथै कोरोना सङ्क्रमित बाहिर हिँडडुल गर्ने गरेको र कोरोनालाई सामान्य सम्झिएर अन्यलाई रोग फैलाउने काम गरेको पाइएमा कारवाहीका लागि सिफारिस गर्नेसमेत बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.