भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

कोरोना भाइरसबाट मृत्यु व्यक्तिको संख्या करिब १४ लाख

कोरोना भाइरसबाट मृत्यु व्यक्तिको संख्या करिब १४ लाख

पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १३ लाख ९७ हजार ३२२ व्यक्तिको मृत्यु भएको एएपपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ । गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ९२ लाख ५६ हजार ३१० व्यक्ति संक्रमित भइसकेका छन् ।सोमबार एकै दिनमा कोरोना भाइरसबाट विश्वभरी ७ हजार ८९६ व्यक्तिको मृत्यु भएको छ भने ५ लाख ९३ हजार ९३४ थप व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ सोमबार एकै दिनमा कोरोना भाइरसबाट ८३५ को मृत्यु भएको छ । इटालीमा ६३० जनाको मृत्यु भएको छ र पोल्याण्डमा ५४० जनाको मृत्यु भएको छ । कोरोना भाइरस सक्रमणको कारण अमेरिका हालसम्म २ लाख ५७ हजार ७०७ जनको मृत्यु भइसकेको छ । अमेरिकामा १ करोड २४ लाख २१ हजार २१६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा रहेको छ ।

यहाँ ६० लाख ८७ हजार ६०८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । ब्राजिलमा एक लाख ६९ हजार ४८५ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । भारतमा १ लाख ३४ हजार २१८ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ९१ लाख ७७ हजार ८४० कोरोना भाइरस संक्रिमित भएका छन् ।मेक्सिकोमा यस भाइरसका कारण १ लाख १ हजार ९२६ जनाको मृत्यु भएको छ भने १० लाख ४९ हजार ३५८ जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ५५ हजार ३३० जनाको मृत्यु भएको छ भने १५ लाख २७ हजार ४९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.