भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

ठेकेदारको लापरबाहीले सडक कालोपत्रे गर्न ढिलाइ, आवतजावतमा कठिनाई

ठेकेदारको लापरबाहीले सडक कालोपत्रे गर्न ढिलाइ, आवतजावतमा कठिनाई

खोटाङ । खानीडाँडा–आहाले सडक कालोपत्रको काममा ढिलाइ हुँदा आवजजावतमा कठिनाइ भएको छ । ठेकेदारको लापरबाहीका कारण सडक कालोपत्र गर्न ढिलाइ हुदा आवतजावतमा कठिनाई भएको हो । दिक्तेल बजारदेखि मनमायाँ राई खानीडाँडा विमानस्थलसम्म जाने सडक अहिले हिलाम्मे हुँदा सामान्य वर्षा हुँदास समेत हिँडडुल गर्न कठिनाइ हुने गरेको स्थानीयवासी दुखेशो रहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय जनप्रतिनिधिले महत्वका साथ अनुगमन नगर्दा योसडक खण्ड जीर्ण बनेको स्थानीयको भनाई छ ।जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेल बजारबाट खानीडाँडा–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने सो सडकलाई महत्वका साथ नहेरिएको स्थानीयको गुनासो रहेको छ । सडक हिलाम्मे तथा जीर्ण हुँदा ठेकेदार कम्पनीले समयमै काम गर्ने चासो नदेखाएको सथानीयबासीन्दाले बताए ।

सडक निर्माणमा ढिलाइ हुँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यालयले समेत कुनै चासो नदिएको स्थानीयबासीन्दाको गुनासो रहेको छ ।प्राधिकरणको रू. २१ करोड १ लाख ८८ हजारको लागतमा काम सक्ने गरी याकथुहाङ–साप–सिरुवा जेभीले २०७५ असोज १ गते ठेक्का लिएको थियो । सडक शिलान्यास कार्यक्रममा ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक कल्याण खत्रीले तोकिएकै मितिमा काम सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेपनि हालसम्म सडकको काम हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.