लिलतपुर पाटन अस्पतालमा एकको मृत्यु
बाकेमा एकको मृत्यु
र मोरङमा एक महिला मृत्यु
काठमाडाैं । कोरोना भाइरस संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक जना र बाँकेमा एक जनाको ज्यान गएको छ । ललितपुरको पाटन असपतालमा उपचारकै क्रममा कोरोना संक्रमित ५४ वर्षीय पुरुषको पुरुषको मृत्यु भएको हो । संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो ।
मृतक पुरुष गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । त्यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको बाँके स्वास्थ्य कार्यालयले जनाएको छ । विरामी भएर नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएका पुरुषमा फोक्सोमा निमोनिया देखिउको थियो ।
उनको छातीमा समस्या भएपछि उनलाई यही भदौ ८ गते अस्पताल भर्ना गरिएको जनाइएको छ । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । योसहित बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ भने ती पुरुषमा ९ गते कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी विराटनगर –१५ मिल्स एरिया घर भएकी ४४ वर्षीय महिलाको मंगलबार राति मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
