भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सडक दुर्घटना परी अफ्रिकी देश केन्यामा ४८ जनाको ज्यान गयो

सडक दुर्घटना परी अफ्रिकी देश केन्यामा ४८ जनाको ज्यान गयो

एजेन्सी । अफ्रिकी देश केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् । व्यस्त जक्सनमा एउटा लरीले नियन्त्रण गुमाएर अन्य सवारी साधन र पैदल यात्रुलाई ठक्कर दिदा दुर्घटना भएको हो । हिजो बेलुका सिपिङ कन्टेनर बोकेर आएको लरी केन्याको पश्चिमी क्षेत्र लोन्डिआनीको रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका अरु धेरै गाडीसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीको भनाइ छ ।

लरीले पैदल यात्रु तथा ६ वटा भन्दा धेरै गाडीलाई कुल्चेको अलजजिराले जनाएको छ । ज्यान गुमाउनेमा पैदल यात्रुसहित युवा तथा व्यवसायी रहेका छन् । दुर्धटनामा परी घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ । स्थानीय प्रहरीले दिएको जानकारी अनुसार केरिचो र नाकुरु शहरबीचको राजमार्गमा भएको दुर्घटनामा अझै केहि व्यक्ति लरीमुनि फसेको आशंका छ ।

मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी रहेको जनाइएको छ । भारी वर्षाका कारण उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ठक्कर दिएका बस, ट्रक, कार र मोटरसाइकलका टुक्राहरु छरीएका छन् । केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्तर्दै यो दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक रहेको बताउनुभएको छ । गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट नदीमा खस्दा ३४ जनाको मृत्यु भएको थियो । केन्यामा ठूला सडक दुर्घटनाको दर बर्सेनि बढीरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.