भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सप्तरीका ११ स्थानमा मतगणना सुरु

सप्तरीका ११ स्थानमा मतगणना सुरु

सप्तरी । सप्तरीको १८ मध्ये ११ स्थानीय तहमा मतगणना सुरु भएको छ । सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, खडक, राजविराज, बोदे बर्साइन गरी छ नगरपालिका र तिरहुत, महदेवा, अग्निसाइर कृष्णसवरन, तिलाठी कोइलाडी र विष्णुपुर गरी पाँच गाउँपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई र रुपनी गाउँपालिका–५ को दुई मतदान केन्द्रमा विवाद भई निर्वाचन स्थगित गरिएको छ । अन्य पाँच ठाउँमा सर्वदलीय बैठकपश्चात् मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारी रमेश जोशीले बताउनुभयो ।महादेवा र विष्णुपुर गाउँपालिकामा लोसपा नेपाल, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टी, सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेस, अग्निसाइर कृष्णसवरण गाउँपालिकामा नेकपा एमाले, खडक नगरपालिकामा जसपाले अग्रता लिएको छ ।

महादेवा गाउँपालिकामा लोसपाका नगर प्रमुख पदका उम्मेदवार सुनिलकुमार मण्डलले ११६, जसपाका शिवनन्दन यादवले ५३ मत प्राप्त गर्नुभएको छ । विष्णुपुर गाउँपालिकामा लोसपाका सुरेन्द्रप्रसाद यादवले १३४ र जसपा नेपालका उमेशप्रसाद यादवले ३५ मत प्राप्त गर्नुभएको छ ।कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका नगरप्रमुखका उम्मेदवार इन्द्रदेव कौडगियाले ३६४ र जसपाका भोला पासवानले २६३ मत प्राप्त गर्नुभएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीका प्रमुख पदका उम्मेदवार वीरेन्द्र माझीले २८३ र जसपाका शैलशकुमार साहले ४३ मत प्राप्त गर्नुभएको छ ।सप्तकोसी नगरपालिकाको प्रमुख पदमा कांग्रेसका कृष्ण ढकालले ३५०,नेकपा एमालेका उत्तम शर्माले १९८ मत प्राप्त गर्नुभएको छ । अग्निसाइर कृष्णसवरन गाउँपालिकाको अध्यक्षमा एमालेका दीनानाथ चौधरीले ४०८ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका पर्शुराम चौधरीको १९२ मत छ । खडक नगरपालिकामा जसपाका प्रमुख पदका उम्मेदवार हेमायु हकले ३९ र लोसपाका नुनु चौधरीले ३५ मत प्राप्त गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.