भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारलाई पूर्णता दिने सहमति, मन्त्री बन्न गठबन्धनमा किचलो

सरकारलाई पूर्णता दिने सहमति, मन्त्री बन्न गठबन्धनमा किचलो

काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धनका नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद विस्तार र राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापनका सम्बन्धमा छलफल गरेका छन् ।

बुधबार साँझ बसेको बैठकले यो हप्ताभित्र सरकारलाई पूर्णता दिने सहमति गरेपनि कुरा मिल्न नसकेको छलफलमा सहभागी काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । आज विहीबार भोलि शुक्रबार सम्ममा काँगे्रस र नेकपा माओवादी केन्द्रबाट थप मन्त्रीको नाम सिफारिस भएपछि र अन्य पार्टीले पनि नाम पठाएपछि विस्तार हुने छ ।

देउवाले संयुक्त सरकार गठबन्धनमा सहभागी पार्टीलाई मन्त्रीका लागि नाम माग्नुभएको उनको भनाइ छ । बैठक काँग्रेस संसदीय दलको कार्यालयमा बसेको हो । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

माओवादी केन्द्रको भागमा ६ मन्त्रालय परेको छ । राजनीतिक दलसम्वन्धी अध्यादेश प्रतिस्थापन विधेयक आएपछिमात्र सरकारमा सहभागी हुने जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले बताउदै आएका छन् । उनीहरुको भागमा ६–६ वटा मन्त्रालय छुट्याइको छ ।

 


Thali Mobile Pvt.Ltd.