भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

सरकारलाई पूर्णता दिने सहमति, मन्त्री बन्न गठबन्धनमा किचलो

सरकारलाई पूर्णता दिने सहमति, मन्त्री बन्न गठबन्धनमा किचलो

काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धनका नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद विस्तार र राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापनका सम्बन्धमा छलफल गरेका छन् ।

बुधबार साँझ बसेको बैठकले यो हप्ताभित्र सरकारलाई पूर्णता दिने सहमति गरेपनि कुरा मिल्न नसकेको छलफलमा सहभागी काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । आज विहीबार भोलि शुक्रबार सम्ममा काँगे्रस र नेकपा माओवादी केन्द्रबाट थप मन्त्रीको नाम सिफारिस भएपछि र अन्य पार्टीले पनि नाम पठाएपछि विस्तार हुने छ ।

देउवाले संयुक्त सरकार गठबन्धनमा सहभागी पार्टीलाई मन्त्रीका लागि नाम माग्नुभएको उनको भनाइ छ । बैठक काँग्रेस संसदीय दलको कार्यालयमा बसेको हो । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

माओवादी केन्द्रको भागमा ६ मन्त्रालय परेको छ । राजनीतिक दलसम्वन्धी अध्यादेश प्रतिस्थापन विधेयक आएपछिमात्र सरकारमा सहभागी हुने जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले बताउदै आएका छन् । उनीहरुको भागमा ६–६ वटा मन्त्रालय छुट्याइको छ ।

 


Thali Mobile Pvt.Ltd.