भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

यमनमा भएको हवाई कारबाहीमा बाह्र हुथी विद्रोहीको मृत्यु

यमनमा भएको हवाई कारबाहीमा बाह्र हुथी विद्रोहीको मृत्यु

साना । केही दिनयता देखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मगलबार पनि गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरु मारिएके बताइएको छ । सो सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारबाही गरेको थियो ।

सो सेनाले हुथी विद्रोहीहरु रहेका स्थानहरुको पहिचान गरी उक्त मारिब प्रान्तमा गरेको हवाई कारबाहीमा परी मंगलबार १२ जनाको ज्यान गएको बताइएको छ ।  त्यसैगरी सो क्षेत्रमा हुथीहरुका कार्यालय रहेका स्थानाहरुलाई पनि सेनाले ध्वस्त बनाएको बताइएको छ । सोमबार मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको बताइएको थियो ।

यमन सरकारको सेनाले मंगलबार दिएको जानकारीअनुसार उक्त प्रान्तमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो समयमा मारिबमा हुथी विद्रोहीहरुले अखडा जमाउन थालेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.