भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

सरकारले भारतीय फूललाई कडाइ नगर्दा फूल किसान र व्यवसायी मारमा

सरकारले भारतीय फूललाई कडाइ नगर्दा फूल किसान र व्यवसायी मारमा

काठमाण्डौ । निकै सस्तोमा फूल बेच्नुपरेको गुनासो फुल किसानले गरेका छन् । पोहोर राम्रो मूल्य पाएपछि फूल खेती बढाएका किसान यसपालि निराश भएका हुन । यसपालि तिहारमा सोचेजस्तो नेपाली फूलको कारोबार नभएको किसानको गुनासो रहेको छ । सयपत्री फूलका १५ लाख माला वैध बाटोबाटै नेपाल भित्रिएका छन् ।

अवैध रुपमा १५ लाखभन्दा धेरै माला भित्रिएको अनुमान छ । फ्लोरिकल्चर एसोसिएशनले यसपालि नेपालमा रहेका भारतीयमूलका व्यक्तिलाई लक्षित गरी ५ लाख माला मात्रै नेपाल ल्याउन अनुमति दिन भनेको भएपनि त्यसो हुन नसक्दा नेपाली किसानले उत्पादन गरेको फूल त्यसै खेर गएको किसानको गुनासो छ ।

भारतबाट फूलको आयातलाई प्रतिबन्ध लगाउन आग्रह गर्दागर्दै पनि आयात नरोकिँदा किसान र व्यवसायी मर्कामा परेको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । भारतबाट सयपत्री फूलका झण्डै ३० लाख वटा माला आयात भएको एसोसिएसनको अनुमान रहेको छ । सरकारले भारतीय फूललाई कडाइ नगर्दा फूल किसान र व्यवसायी मारमा परेका फ्लोरिकल्चर एसोसिएशनको निचोड रहेको छ ।

बजार, चोक तथा सडक पेटीहरुमा किसानले बेच्न ल्याएको फूल नबिकेर त्यसै फालिएको छ । यस्तै, काठमाण्डौ महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा पनि यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको फ्लोरिकल्चर एसोसिएशनको निष्कर्ष रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.