भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सरकारले २४ घण्टे हटलाइन सेवा र प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने

सरकारले २४ घण्टे हटलाइन सेवा र प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने

काठमाण्डौ। सरकारले २४ घण्टे हटलाइन सेवा सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या सम्बोधन गर्न सरकारले २४ घण्टे हटलाइन सेवा सञ्चालन गर्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत बैदेशीक राजगारीमा रहेका नेपालीहरुको समस्या समाधानका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन ।

विदेशमा रहेका नेपाली दूतावासमा रहेका श्रम डेस्कलाई थप व्यवस्थित बनाइने घोषण समेत गरेका छन् । यस्तै सरकारले आउँदो आर्थिक वर्षदेखि बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ ।

बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकिने र कृषि बाली, पशुपक्षी तथा मत्स्य व्यवसायलाई समेट्ने गरी कृषि बीमाको दायरा विस्तार गर्दै लगिने पनि निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.