काठमाडौं । सरकारविरुद्ध पाँच दिने नेपाल बन्दसहितको आन्दोलनको कार्यक्रम सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
पार्टीका संस्थापक रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलीपल्ट पाँच दिने नेपाल बन्दको उक्त पार्टी घोषणा गरेको जनाएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत बुधबारबाट ३ दिन देशव्यापी रुपमा राँके जुलुश र कोणसभा आयोजना गरिने जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसको समाधान राजनीतिक रुपमानै हुनुपर्ने जिकीर गर्दै आएको छ । राजनीतिक घटनालाई अपराध करार गर्ने काम गरेकाले त्यसको बिरोधमा जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द आह्वान गर्ने उनमुक्ति पार्टीले जनाएको छ ।
