भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

हुदा–हुदा प्रिपेड सिमकार्ड वितरणका नाममा पनि ठगी

हुदा–हुदा प्रिपेड सिमकार्ड वितरणका नाममा पनि ठगी

काठमाण्डौ । अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ । दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको हो । सिमकार्ड निःशुल्क रुपमा वितरण भइरहेको भए पनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको जनाएको छ ।

ललिपुरमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो । अवैधरुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि तत्काल रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत सम्बन्धित निकायलाई जानकारी दिएको छ ।

कार्यालय परिसर वरपर बिमा, फोटोकपी, प्रिन्टिङ्गलगायतका काममा पनि बजार मूल्य भन्दा चर्को शुल्क लिइ ठगी गर्ने गरेको पाइएको छ । यस्ता ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको जनाएको छ । सिमकार्ड निःशुल्क वितरण गर्ने भनिए पनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.