भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकार कस्को पक्षमा ? जनताको कि फटाहाको ?

सरकार कस्को पक्षमा ? जनताको कि फटाहाको ?

काठमाडौं । विभिन्न प्राकृतिक विपत्तीको सामना गरिरहेका नेपाली जनताको ढाड सेक्ने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबारदेखि लागु हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर एकसय डलरले बढेर ९९५ पुगेको छ । पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ ।

डिजेल र मट्टीतेलमा पनि ३–३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब एक अर्ब ८८ करोड घाटा हुने निगमले जनाएको छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ । यसअघि निगमले कात्तिक २४ गने इन्धनको मूल्य बढाएको थियो । यस्तो छ निगमको विज्ञप्ती

 


Thali Mobile Pvt.Ltd.