भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सरकार गठनको ६ महिना पूरा भएपछि सम्झनलायक कामबारे देउवाको चाँसो

सरकार गठनको ६ महिना पूरा भएपछि सम्झनलायक कामबारे देउवाको चाँसो

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारको कार्यकाल ६ महिना पूरा भएको छ । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाको ६ महिने कार्यकालमा देखिने र सम्झनलायक काम हुन नसके पनि पहल भइरहेको बताएका छन् ।

देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न तीन महिना लागेको थियो । त्यसपछि देउवा सरकारको कामभन्दा पार्टी काममै व्यस्त देखिए । कोरोना सङ्क्रमण फेरि बढ्न थालेपछि महामारी नियन्त्रणमा सरकारले प्रभावकारी योजना बनाउन लागेको बताइएको छ ।

परीक्षणको दायरा र खोपको पहुँच बढाउन सरकारले प्रभावकारी काम गर्न नसकेको आलोचना भने भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेका कारण सरकारले संसद् बैठक चलाउन नसकेको देखिएको छ । सर्वोच्च अदालतमा भइरहेको आन्दोलनले न्यायालयमाथिको प्रभावकारितामा प्रश्न बारे व्यापक कुरा उठिरहेको छ ।

तीन राज्यमन्त्रीसहित १९ मन्त्री सरकारमा सहभागी हुँदासमेत नागरिकले अनुभूति हुनेगरी कुनै काम हुन नसकेको विश्लेषकले आलोचना गरेका छन् । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम पनि अलपत्र परेको उनीहरुको ठहर छ ।

नेपाली भूमि कालापानीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद अभिव्यक्ति दिँदासमेत सरकारले कुनै प्रतिक्रिया नदिए भनेर कुरा उठ्न थालेको छ ।पालिकाको चुनाव गर्नुपर्ने समय नजिक आइसक्दासमेत सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै आलोचना भइरहेको छ । निर्वाचन आयोगले आउँदो वैशाख १४ गते पालिकाको चुनाव गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.