हिमाली क्षेत्रमा हिमपातको संभावना

हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडौं । हिमाली क्षेत्रमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिदेखि अधिकांश स्थानमा वर्षा भएको र केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ ।

उपत्यकामा गएराति मेघ गर्जन र चट्याङसहित वर्षा भयो भने आज बिहान तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो । दिनभर बदली रहने संभावना रहेको छ भने दिउँसो घाम लाग्ने पनि महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको, न्यून चापीय प्रणाली कमजोर हुदै गएकाले वर्षा हुने क्रम केही दिनलाई रोकिने र न्यून चापीय प्रणाली केही दिनपछि सक्रिय हुने महाशाखाले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.