भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सवारी दुर्घटनामा एक वर्षमा ३४ को मृत्यु

सवारी दुर्घटनामा एक वर्षमा ३४ को मृत्यु

बैतडी । सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्षमा कात्तिकमा तीन, पुसमा पाँच, माघमा एक, वैशाख र असारमा दुई–दुई सवारी दुर्घटना भएका छन् ।

ती सवारी दुर्घटनामा परेर ७८ व्यक्ति घाइते भएका छन् । चौध सवारी दुर्घटनामध्ये ११ कच्ची सडकमा भएका छन् । ग्रामीण कच्ची सडकमा बढी दुर्घटना भएको पाइएको छ । ग्रामीण कच्ची सडक गुणस्तरीय नहुनु, मोडमा समस्या हुनु, अनुभवी चालक नहुनुलगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका छन् ।

सवारी कारवाहीबाट २५ लाख राजस्व सङ्कलन

जिल्लामा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन कारवाहीबाट रु २५ लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र रावलका अनुसार चार हजार ३४३ सवारीसाधन कारवाहीबाट रु २५ लाख २५ हजार राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा ८६६ ट्रक, दुई हजार १२१ जिप, कार र भ्यान, ३७४ ट्र्याक्टर, ८३८ मोटरसाइकल, ३० टेम्पो तथा अन्य सवारीसाधन कारवाहीमा परेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.