भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

साख्वाले देखेको सपना वर्तमान सरकारले साकार पार्‍याे: अर्थमन्त्री डा. महत

साख्वाले देखेको सपना वर्तमान सरकारले साकार पार्‍याे: अर्थमन्त्री डा. महत

राष्ट्रिय विभूति शंखधर साख्वाले देखेको सपना वर्तमान सरकारले साकार पारेको अर्थमन्त्री डा.प्रकाश शरण महतले बताएका छन् ।

शंखधर साख्वा दिवसको अवसरमा मध्यपुरथिमीमा आयोजित कार्यक्रमा मन्त्री महतले नेपाल संवत ११४४ सुरु भएदेखि सरकारी कागजातमा नेपाल संवत प्रयोग गर्ने सरकारको निणर्य साख्वाले देखाएको बाटो भएको बताए ।

शंखधर साख्वाको योगदान उच्च रहेको भन्दै त्यसको मुल्याङकन पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भटराईले गरेको जिकिर गरे । अर्थमन्त्री महतले दिवसको सन्दर्भ पारेर आज मध्यपुरथिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारी दस्तावेजमा नेपाल सम्वत लेख्ने कुरा एतिहासिक भएको उल्लेख गरे ।

नेपाल संवत् ११४४ लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कार्यान्वयमा ल्याएको जानकारी दिनु भयो । नीतिगत निणर्य र त्यसको कार्यान्वयनमा अब सबै नेपाली लाग्नु पर्नेमा महतले जोड दिए ।

कार्यक्रममा विभिन्न संघ सस्था, राजनैतिक दल, स्थानीय सरकारका प्रतिनिधि, प्रदेश सासदहरुको सहभागिता रहेको थियो । ७० वर्षपछि नेपाल भाषालाई सरकारले मान्यता दिएको उपलक्ष्यमा नेवासमुदाय हर्षित भएको धारणा वक्ताहरुको थियो ।

कार्यक्रममा सम्बोधन गर्नुपूर्व मन्त्री महतले शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.