भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

साफ च्याम्पियनसिप फुटबल स् नेपालद्वारा श्रीलङ्का पराजित

साफ च्याम्पियनसिप फुटबल स् नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौँ, । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्नुभयो ।

श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गर्नुभयो । खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गर्नुभयो । खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गर्दै खेललाई २–१ को अवस्थामा पुयाउनुभयो ।

यसैगरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल नेपाललाई ३–१ को अग्रता दिलाउनुभयो । खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पुयाए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सक्नुभएन । लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।

 


Thali Mobile Pvt.Ltd.