भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सामाजिक विकास मन्त्रालयले जनस्वास्थ्यमाथि खेलवाड गरेकाे आरोप

सामाजिक विकास मन्त्रालयले जनस्वास्थ्यमाथि खेलवाड गरेकाे आरोप

बुटवल । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले निर्देशन नमानेर जनस्वास्थ्यमाथि खेलवाड गरेको आरोप लागेको छ । प्रदेशसभाको सामाजिक समितिले वैशाखमा नै कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन सेन्टर र प्रयोगशाला थप गर्न निर्देशन दिए पनि अहिलेसम्म पालना नगरेको भन्दै यस्तो आरोप लागेको हो ।

कोरोना संक्रमितलाई बोक्ने एम्वुलेन्स र शवबाहनको ब्यवस्था मिलाउन र कोरोनाको नाममा भएको खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएकामा पालना नभएको समिति सभापति दृगनारायण पाण्डेले बताए । मन्त्रालयले चरम लापरवाही र जनताको स्वास्थ्यमाथि खेलवाड गरेको साँसदले आरोप लगाएका छन् ।

कोरोनाका नाममा भएको खर्च विवरण र अन्य निर्देशनको लिखित जवाफ दिन निर्देशन दिइएको समितिका सदस्य अष्टभुजा पाठकले बताए ।वैठकमा मन्त्रालयका सचिव र उच्च अधिकारीहरुले गल्ती स्वीकार गर्दै एक हप्ताभित्र लिखित जवाफ दिने प्रतिवद्धता जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.