भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

इन्टरनेट एक्सप्लोरर बन्द गर्दै माइक्रोसफ्ट

इन्टरनेट एक्सप्लोरर बन्द गर्दै माइक्रोसफ्ट

काठमाडौं । वेब ब्राउजरको बादशाह इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२१ को अगष्ट २१ देखि इन्टरनेट एक्सप्लोरर औपचारिक रुपमा बन्द गर्न लागेको माइक्रोसफ्टले जनाएको छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्ट टिम्सको वेब एपले आगामी नोभेम्बर ३० देखि नै इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने जानकारी दिएको हो ।

अन्य माइक्रोसफ्ट ३६५ एप तथा सर्भिसहरुले पनि आगामी वर्षदेखि उक्त ब्राउजरका लागि सपोर्ट बन्द गर्ने ब्लगपोष्टमा उल्लेख गरेको छ । माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्ट एजबाट विस्थापन गराउनेछ । माइक्रोसफ्ट एज गुगलको क्रोमियम ओपन सोर्स सफ्टवेयरमा आधारित रहेको छ । सोही कारण माइक्रोसफ्ट एजमा एक्सप्लोररको तुलनामा धेरै फिचरहरु उपलब्ध छन् ।

यसका लागि क्रोमियम प्रयोग नभएका माइक्रोसफ्टका पुराना भर्सनहरु सन् २०२१ को मार्च ९ देखि अन्त्य गरिनेछ । हाल क्रोमियम ओपन सोर्स भएका ब्राउजरमा गुगल क्रोमसँगै माइक्रोसफ्ट एज, ब्रेभ, विवाल्डी, एभास्ट सेक्योर ब्राउजर तथा ओपेरा लगायतका ब्राउजहरु रहेका छन् । अब इन्टरनेट ब्राउजरमा कुन फिचर विकास गर्ने भन्ने कुराका गुगलमै भर पर्नुपर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.