सामाजिक संजालमा चलेको देउडा व्याटल
लाल बहादुर सिजापति : नेताकन अमृत सरी जन्ता मन पार्दैनन् ।
उ किन मन्त्री हुन्न जो चुनाब हार्दैनन् ।।
लोमन बडुवाल : नियम मिच्या कानुन मिच्या गर्छ्न् गुण्डागर्दी ।
भविष्य के हुने होला गर्दै छन् मनमर्जी ?
लाल बहादुर सिजापति : भविष्य त देखि सक्यो यीनको चुरिफुरी ।
आफुजानेई अरुलिनेई जेठ महिनाको हुरी ।।
लोमन बडुवाल : नेताकन बिष अमृत छ जन्ताक्या मन पारुन्
मन्त्री भइ पैसा लुट्या चुनाव किन हारुन् ।
नागरिक सब सचेत होइजान्
झुठागफ नझारुन् ।।
जीवन केसी : हारे पनि जिते पनि यीन्काइ भने जसो
जनता भेडा र बाख्रा कानुन कसो कसो
लोमन बडुवाल : गीत भन्यौं गाइ पनि दिउँला रमाइलाका लागि
धोकेवाज ठहरै राखौं सबै जनता जागि।
फुटबल खेलाई गर्नु पर्छ जता जान्छ्न् भागी
अधिकार खोसेर लिने काँइ पाइदैन मागी ।।
मौषम तिमिल्सेना : आइजाओ खाइजाओ भन्या गौराला हुनाछन्
पालो गया मौका फुत्क्या धरधरी रुनाछ्न्
भरत सिजापति(बडुवाल) : स्वतन्त्र नेताले जित्छ जनता गनि गनि
आस्या पास्या छोरी, बुहारी मन्त्रीहुन्छन् चुनाव हार्या पनि
