भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सामुदायिक वन महासङ्घको बैठक तुलसीपुरमा

सामुदायिक वन महासङ्घको बैठक तुलसीपुरमा

तुलसीपुर, । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको राष्ट्रिय कार्यसमितिको छैटौँ बैठक तुलसीपुर उपमहानगरपालिकामा हुने भएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण आठ महिनापछि भौतिक उपस्थितिमा आजदेखि यही असोज १० गतेसम्म तुलसीपुरमा महासङ्घको बैठक हुने भएको हो ।

बैठकमा विगत लामो समयदेखि वन हेरालाका रूपमा रहेका समुदायिक वनका उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै वनलाई आयआर्जनसँग जोड्ने ठोस लक्ष्यका साथ २५ वर्षे रणनीति तयार गरिने महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिए । उहाँका अनुसार बैठकले साङ्गठनिक तथा आर्थिक प्रतिवेदन, सवालगत छलफल, आगामी कार्ययोजना, कोरोनाका कारण ज्यान गुमाउनुभएकी महासङ्घ सचिवालय सदस्य सविना राई महिला सशक्तीकरण पुरस्कार कोष स्थापना गर्ने कार्यक्रम रहेको छ ।

बैठकको पहिलो दिन आज स्थानीय महासङ्घसहित सरोकारवालाको सहभागितामा सामुदायिक वन अधिकार सम्मेलनको आयोजना गरिने भएको स्थानीय महासङ्घका अध्यक्ष चन्द्रबहादुर ओलीले जानकारी दिए । बैठकमा महासङ्घका केन्द्रीय पदाधिकारीसहित स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र महासङ्घका सात प्रदेशका अध्यक्ष गरी कूल ९५ जनाको सहभागिता रहने छ । बैठकका अधिकांश सहभागी तुलसीपुर आइसक्नुभएको महासङ्घका सचिव ठाकुर भण्डारीले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.