भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सार्वजनिक सरोकारका विषयलाई मनगढन्ते वा सतहीरुपमा मात्र अवलम्बन गर्नु हुदैन: डा. विश्वकर्मा

सार्वजनिक सरोकारका विषयलाई मनगढन्ते वा सतहीरुपमा मात्र अवलम्बन गर्नु हुदैन: डा. विश्वकर्मा

१.३. सचेतना र वुद्धिजीवी 
नागरिक शिक्षाले व्यक्तित्व विकासमा व्यापक भूमिका खेल्न सक्नुपर्छ तबमात्र समाजिक रुपान्तरणमा टेवा पु¥याउन सकिन्छ । कुनै कुराको उच्चारण गर्न सक्ने क्षमताको विकास हुन पढ्ने कला विकास हो भन्ने सच्चाइको गइराइमापुग्नु र वास्तविक तथ्य पत्तालगाउने कार्य नै शिक्षित बन्नु हो । पढ्नु र शिक्षित बन्नु एउटै कुरा होइन, यो त कलाको विकासका साथ साथै अन्य व्यक्तिहरुसंग गर्ने व्यवहारको उत्कृष्ट नमुना हो । समाजमा व्याप्त कुरिती, कुसँस्कार र बेढंगको चाला पर्दाफास गरी सत विवेक तथा सतकर्मबारे डो¥याउने रचनात्मक क्षमता नै कुनै व्यक्तिमा रहेको सचेतना हो ।

सचेत व्यक्तिले समाजका विभिन्न क्षेत्रबाट समाजहीत तथा अहितबारे विश्लेषण गर्न सक्छन् र उचित दृष्टिकोण बनाउन नसकेका समाजका सदस्यहरुलाई मार्ग निर्देश गर्न सक्छन् । व्यक्ति भित्र अन्तरनिहित क्षमताको प्रष्फुटन सहित समाजका खराबीहरुलाई व्यङ्ग्य गर्न सक्ने क्षमता सजगतामा रहन्छ र सचेतन मनस्थितिले मात्र पीछडिएको व्यक्ति तथा समाज वा समुदायलाई अभूतपूर्व विकासको अग्रगतिमा फड्काे मार्न प्रयत्न गरीरहेको हुन्छ । समाजका हरेक विषयवस्तुलाई सजग रुपमा प्रस्तुत गर्न सक्ने आलोचनात्मक विश्लेषण गर्न सक्ने क्षमता यसर्थ सचेतना हुन्छ ।

नेपालका वुद्धिजीवीहरुका क्रियाकलापहरु विवेक नभएका, मानवीय संवेदना गुमाएका राजनीतिकर्मी बराबर हुनु आश्चर्यको विषय बनेको छ अचेल । राजनीतिककर्मीहरु समाज विकासकाे कुसल योजनाकार बन्नु जरुरी हुन्छ किनकी सार्वजनिक सरोकारका विषयलाई मनगढन्ते वा सतहीरुपमा मात्र अवलम्बन गर्नु हुदैन । देशको सामाजिक, आर्थिक, सास्कृतिक, धार्मीक, भौगोलिक एवं धरातलीय अवस्थाको वास्तविक्ता पहिचान गर्न नसक्ने व्यक्तिले आम नागरिकको उचितरुपमा प्रतिनिधित्व गर्न सक्दैन । जिम्मेवार व्यक्तिले बोलेका हचुवा कुराहरु समर्थकका लागि निर्देशनिय बन्ने हुँदा गम्भिररुपमा हरेक गतिविधिलाई अङ्गिकार गर्नु पर्ने हुन्छ ।

अगुवाले गरेका क्रियाकलापहरु अनुसरणकर्ताका लागि उचित बन्ने हुदा अगुवा नै बाटो हगुवा भन्ने चरितार्थ हुनु हुदैन । अगुवाहरुका क्रियाकलापलाई पनि आलोचनात्मक रुपबाट हेर्न जरुरी छ । विवेकको उत्खन्न गरेर समाजमा विद्यमान विविध विषयमा जानकारी दिने कार्य सर्वोत्कृष्ट सीप भएका विवेकशील व्यक्ति समूहले प्रदान गर्ने हुदा नै त्यस्तो सीपभएका नागरिकहरुलाई बुद्धिजीवी भनिएको हो । किनकी तिनीहरुको जीवनको आधारनै बुद्धिको उपजका कार्यहरु हुन्छन् । समकालीन समाजमा छरपष्ट भएका विषयवस्तुहरुलाई व्यवस्थित संग्रह गरेर आम जनताका बीचमा प्रस्तुत गराउने कार्य बुद्धिजीवीहरुको हुन्छ ।

उनीहरुले आत्मालाई साँक्षी राखेर देश र जनताको हीतमा निष्पक्षरुपले सूचनाहरु प्रस्तुत गर्न सक्नु पर्छ । परन्तु विदेशको नक्कल गरेका र आफुलाई समाजका आम नागरिकबाट अलग देखाउन खोज्ने गलत मनस्थितिबाट निर्देशित व्यक्तिहरु आफूलाई वुद्धिजीवी देखाउन विभिन्न प्रकारका तर्कहरु गरिरहेको पाइन्छ । समाजका एकदमै निर्दोष व्यक्ति भन्दा फरक तिनीहरुको नत लवाइ–खवाई नै हुन्छ नत सामाजिक चाल–चलन नै हुन्छ । वौद्धिक व्यक्तिहरु मृदुभाषी हुन्छन् । उनीहरु शिष्ट, सृजनशील, अथक परिश्रमी, उर्जाशील तथा सहजकर्ता हुने गर्दछन् । परन्तु हाम्रा बुद्धिजीवी साथीहरु अचेत व्यक्तिहरुले गर्ने कार्यमा आफूलाई अभ्यस्त राख्ने गर्दछन् ।

जुवा खेल्ने र रक्सीको मातमा बहकिने र सामाजिक शान्ति भङ्ग गर्ने कार्यमा उनीहरु नै अग्र पंक्तिमा रहनु अशिष्ट भाषाको प्रयोग गेरर नागरिकको नजरमा आफ्नो शाख गुमाउने कार्यमा प्रायः शिक्षक, कर्मचारीहरु, शिक्षाको नेतृत्व गर्ने व्यक्ति अगुवाहरु कुलतको सिकर बन्ने कार्यले सामाजिक शिक्षा शिष्टाचार तथा मूद बौद्धिकताप्रति उपहास गरेको वास्तविकता हाम्रो समाजमा बग्रेल्ती रुपमा पाइन्छ । अचेत मनस्थितिमा सचेतना थप्न बौद्धिक क्रियाकलापमा आफूलाई समर्पित गरेका पढेलेखेका व्यक्तिहरुबाट नै यस्ता कवाडी कार्यहरुको अगुवाई हुनु उचित एंव तार्किक कदापी मान्न सकिदैन । उच्च शिक्षालयले प्रदान गरेका शैक्षिक प्रमाण–पत्रहरु वा उपाधिले संलग्न व्यक्तिको क्षमतालाई नै उपहास गरेको हो भन्नु न्योचित हुन सक्छ ।

समाजका विद्यमान विकृति र विसंगतिका विरुद्ध अध्ययन अनुसन्धान गरेर नागरिकहरुलाई उचित मार्ग निर्देशन गर्न पढेलेखेका व्यक्तहरुले भर पर्दो नागरिकको भूमिका निभाउनुको साटो साइध्वा प्रवृतिको प्रदर्शन गर्दै लाचार बनेको स्थिति ग्रामिण क्षेत्रको विद्यमान अवस्था हो । जता भात पाक्यो उतै कुर्थको नाच्यो भने झै उचित युगान्तकारी कार्य गर्नमा अग्र स्थानमा हुनुभन्दा विकृति मानसिकता सम्वद्ध कार्य गर्ने पढेलेखेका व्यक्तिहरुले नै बुद्धिजीवी तथा बौद्धिकताको उपहास गरीरहेका हुन्छन् ।

यस कारण ज्ञानले मानिसको जीवन रुपान्तरणको भूमिका खेल्नु पर्दछ । मानव जीवनका अन्धकार पक्षहरुलाई चेतनाले प्रतिविम्वित गराउनुको सट्टा दुर्गन्धको स्रोत वौद्धिक व्यक्तिहरु बन्नु हुदैन । शिक्षित व्यवहार दैैनिक आचरणहरुमा झल्किनु पर्दछ । तत्पश्चातमात्र सचेतनाका साथमा बुद्धिजीवीहरुले उचित कार्य गरेको महशुस हुने गर्दछ । कथनी र करनीमा तालमेल हुनु आवश्यक छ ।

१.४. सञ्चार र सामाजिक विभेद
समाजका अगुवाहरुले जस्तो कार्य गर्दछन्, त्यसको सिको अनुशरणकर्ताले गरेको पाईन्छ । जसरी शिक्षकका हरेक कृयाकलापलाई विद्यार्थीले गौर गरेर हेर्दछन् त्यही कुरा समाजको वृहत क्षेत्रमा पनि लागु हुन्छ । निर्देशकले उचित निर्देशन दिन नसकेको खण्डमा प्राप्तकर्ताले आफू अनुकुल प्रयोग गरेको पाइन्छ । कति पय स्थानमा यसको उचित कार्यान्वयन गरिछ भने कति सथानमा मनोमानिरुपमा समेत गरेको पाईन्छ । हरेक क्रियाकलापलाई सचेत एवं इमान्दार रुपमा अवलम्बन गर्नु सम्बन्धीत कर्ताको वैयक्तिक इमान्दारीतामा भर पर्ने हुन्छ । एकजना लेखकले गलत सूचना सम्प्रेषण गरेका कारण आम पाठकको स्रोत माथिनै आशंकाको घेरा रहेको हुन्छ ।

गलत सूचनाको कारण समाजका हरेक क्षेत्रमा असमजदारी प्रारम्भ हुन्छ । विचार र व्यवहारमा फरक पर्न जान्छ । अन्तत: एक कान दुईकान मैदान हुदै समग्र पाठकहरु भ्रमित बन्दछन् र अरुलाई पनि भ्रममा पार्ने कार्यमा अगुवाई गरिहेका हुन्छन । त्यसैले बोलेको बोली र हानेको गोली फर्किदैन भने झै सञ्चारका स्रोतहरु झनै सजग बन्नु पर्ने हुन्छ । सूचनाका स्रोत गलत भएमा समाजमा कस्तो प्रभाव पार्दछ भन्ने कुरालाई नेपालको (विशेषतःहिन्दु समाज) जातीय विभाजनसंग सप्रमाण परीक्षण गर्न सकिन्छ । भारतीय मूलका ब्राम्हणहरु भारतको बाटो हुदै नेपालको तराईमा प्रवेश गरी करीब ६ हजार वर्ष पहिले जातीय वर्ण व्यवस्थाको थालनी गरेका थिए ।

रंगका आधारमा गरिएको जातीय विभेद कर्णाली क्षेत्रमा लिच्छवी राजाहरुले प्रगाद रुपमा चलाए । तर छुवाछुतको प्रचलन भने थिएन । विस्तारै जव पूर्वका सेनहरुमा यो प्रथा पुग्यो गोरखाका राजा रामशाहले समाज सुधारका नाममा चतुर्वण व्यवस्था ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको कडाइका साथ लागु गरे । त्यति वेला भारतबाट नेपालमा ल्याइएका भट्ट ब्राम्हणहरुले यसमा मनोगतरुपले उर्जा थपे र हिन्दु समाजलाई पानी चल्ने र पानी नचल्ने जातीहरुमा विभाजन गरे । वैदिक कालमा करीब ३००० वर्ष पहिले रचना गरिएको मनु स्मृतिले समाजका श्रमशील वा प्राविधिक समुदायलाई अवमूल्यन गरेर उच्च वर्णको स्वार्थलाई पक्षपोषण गरेका कारण एउटै समाजका नागरिकबीच तल्लो र माथिल्लो जातीको कल्गी भिराउदै आपराधीक क्रियाकलापलाई बढावा दिइयो ।

सल्लाहकारहरु ब्राम्ह्ण (ऋषिमूनीहरु) हुनु र क्षेत्रीय राजाहरु भएको परिवेशमा तत्कालिन् समाजका सोझा एवं निर्दोष मानिसलाई अछुतको रुपमा राख्दै शुद्र नामाकण गरियो । आफूले गरेको जे पनि ठिक अले गरेको उचितकार्य पनि गलतनै देख्ने मनुवादी आँखानै वास्तविक उपहास हो । राणाकाल देखि पंचायत हुदै प्रजातान्त्रिक र गणतान्त्रीक शासन व्यवस्थामा थुप्प्रै कागजी दस्तावेज तयार गरिय तर समाजको हेला होचोमा परेका समुदायले वास्तविक न्याय प्राप्त गर्न सकेनन् ।आफुलाई आमुल परिवर्तनका हिमायती ठान्ने राजनैतिक दलले पिछडीएका, अवसरबाट बञ्चित गरिएका र समाजिक साँस्कृतिक, आर्थिकरुपबाट अपहेलित समुदायलाई भोटबैंकको रुपमा चलाखीपूर्ण खेल खेल्न थाले । त्यसैले तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको संगत हेर्नु भन्ने उखानले यस सन्दर्भलाई प्रष्ट गर्दछ ।

समाजका अन्य विकृति जस्तै जातीय विभेद पनि एक विकृति र साँस्कृति र समाजिक अपाध हो भन्ने तथ्यलाई सचेत भनिएका नागरिकले बुझेर पनि बुझ पचाउनु जंगल देख्नु तर रुख नदेख्नु जस्तै हुन्छ । पढ्दैमा मात्र हुदैन उसको कुरा बुझ्न सक्ने क्षमता (साँस्कृतिक स्तर) ले विशेष महत्व राख्दछ । ज्ञान विनाको विवेक मुद बने जस्तै साँस्कृतिक स्तर विनाको अध्ययन एक बोझ (द्यगचमधल) मात्र सावित हुन्छ । यसकारण लेख्दा खेरी तीन पटक सोच्ने र बोल्दाखेरी पनि तीन पटक सोच्ने गर्नु हरेक सजग व्यक्तिका लागि विशेष महत्व हुने गर्दछ । सञ्चारको सामाजिक प्रभाव सम्प्रेषणकर्ताको क्षेमतामा रहने गर्दा समाजमा विद्यमान विविध विकृति र विसंगतिहरुको अन्त्य पनि सजग, सचेतन एवं जिम्मेवारीपूर्ण ढंगले भूमिका निर्वाह गर्नु नागरिकहरुको दृढतामा भर पदर्छ ।

१.५. उपसंहार
जीवनमा हरेकका आ–आफ्नै प्रकारका अनुभूतिहरु हुुने गर्दछन् । सोही अनुसारका लक्ष्णहरु पनि हुन्छन् । देशका पिछडिएका ग्रामिण क्षेत्रहरुममा बस्ने मानिसहरुको सामाजिक चाल चलन, रहन सहन, बोली चाली, सामाजिक व्यवहारले नेपाल अर्ध सामन्ती र अर्ध औपनिवेशिक राष्ट्र भएको प्रमाणित हुन्छ । संयुक्त राष्ट्र संघको बडा पत्रमा मानिस सुख, शान्ति र समृद्धिका लागि प्रयत्नरत छ, समानता र स्वतन्त्रता उसका अभिष्ट हुन भन्नेमा विश्व सहमत हुनुले मानिसहरु आफ्नो भाग्यका मालिक आफै हुन ।

प्रकृति र समाजसंगकोे निन्तरको संघर्षले हरेक वस्तुले मानव समुदायको सेवा गर्छ भन्ने आत्म निर्भरताको विचारधारा जुच्छे विचाधारालाई आत्मासात गर्नु प्रत्यक स्वाभीमानी नागरिकको कतव्र्य हुन आउँछ । समाजको आशा र भरोसाका केन्द्रहरु वर्तमानका अध्ययनशील विद्यार्थी र शिक्षकहरु हुन । उनीहरुको असल क्रियाकलापमा मात्र सृजनशील समाज व्यवस्था कायम हुन सक्छ । दुरद्रष्टा शिक्षकले भविष्यको समाज र विद्यार्थीको अनुमान गरेर समय सापेक्ष कार्य गरेको हुन्छ । असल र गलत कार्यहरुलाई परिक्षण गर्न तत्वहरु तीनबाट उपलब्ध परिणामहरु हुन सक्छन ।

नागरिकहरुलाई विभिन्न किसिमले सजग, जिम्मेवार र भरपर्दो बनाउनका निम्ति अगुवाको करनी कथनीको तादाम्यता हुन नितान्त जरुरी छ । ताक परे तिवारी नत्र गोतामे प्रकृतिले चलाखलाई क्षणीक फाइदा दिने बाहेकको आम नागरिकलाई कुनै उपलब्धि हुन सक्दैन । तसर्थ जीवनको वास्तीक अनुभूति संघर्षमा पाउन सकिन्छ । वर्गीय समाजको पहिचानमा सक्रियता राख्न जरुरी हुन्छ । हुरेक कुरालाई सुजबुझ गरेर कार्यान्वयन गर्ने तथा एकका लागि सबै र सबैका लागि एक भन्ने उन्नत सामाजिक प्रणालीको अवलम्बन नहुँदासम्म तमाम परिश्रममा बाच्नेहरुको जीवनमा रुपान्तरण असंमभव प्रायः हुन्छ ।

डा. कृपाराम विश्वकर्मा 

 


Thali Mobile Pvt.Ltd.