भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पाटेबाघको आक्रमणबाट २ जनाको मृत्यु, मान्छे खान थालेपछि स्थानीय त्रसित

पाटेबाघको आक्रमणबाट २ जनाको मृत्यु, मान्छे खान थालेपछि स्थानीय त्रसित

बर्दिया । पाटेबाघको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका(३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको हो ।

नगरपालिका(३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाले जनाएको छ । जैविकमार्ग नजिकै सामुदायिक वनलाई वासस्थान बनाएको पाटेबाघले मान्छे खान थालेपछि स्थानिय त्रसित भएका छन्। सरोकारवाला निकायले आक्रामक बाघ नियन्त्रण गर्नुपर्ने माग स्थानीयको छ ।

मंगलबार बिहानैदेखि हराएका उमेशलाई केही साथीसँग सामुदायिक वनमा खोज्न गएका बेला दिनेशलाई बाघले आक्रमण गरेको थियो । सँगै गएका साथीहरु उनलाई बाघले आक्रमण गरेपछि गाउँमा आएर होहल्ला गरी सुरक्षाकर्मी सहितको टोली वनमा पुगेको थियो ।

 


Thali Mobile Pvt.Ltd.