सार्वजनिक सवारीमा भाडादर नटाँसे कडा कारबाही गरिने

सार्वजनिक सवारीमा भाडादर नटाँसे कडा कारबाही गरिने

काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कडा कारबाही थालेको छ । भाडादर टाँसे नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको छ ।

अभियानको आज पहिलो दिन चार सय २९ सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ । सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्न र यात्रुलाई गन्तव्यसम्मको भाडादर थाहा पाउन सहयोग पुगोस् भनेर उक्त अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यात्रुबाहक सवारी साधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको गुनासो आएपछि अनुगमनमा थप कडाइ गर्न थालिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.