भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सालनालसहित झाडीमा बच्चा भेटियो

सालनालसहित झाडीमा बच्चा भेटियो

हेटौँडा । हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनाल सहितको बच्चा झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ ।

प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गरिरहेको छ । हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताइन् ।

बच्चा कसले सडकमा ल्याएर फालेको हो भन्ने कुरा खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धमान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताए ।

मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार हालसम्म विभिन्न उमेर समूहका २ सय ९२ जनाको उद्धार गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.