भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर

काठमाडौं । सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर भएका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका अधिवक्ताहरुले टिकटक बन्द गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपालमा अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक बन्द गरेका छन् । सर्वोच्चमा पेश भएका ७ वटा रिट निवेदनहरु अध्ययनका क्रममा रहेको जनाइएको छ ।

ती रिट निवेदनहरु अध्ययन गरेपछि मात्रै दर्ता हुन्छ वा हुँदैन अथवा कुन कुन रिट दर्ता हुन्छ भन्ने विषयमा निर्णय हुने सर्वोच्च अदालतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.