भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

सिँचाइ सुविधाको अभावमा खेतीयोग्य जमिन बाँझो बन्दै

सिँचाइ सुविधाको अभावमा खेतीयोग्य जमिन बाँझो बन्दै

पाल्पा । खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट वञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ ।कालीगण्डकी कोरिडोरको गाँैडाकोट, मुतिmनाथ सडक खण्डको मङरानमा क्षेत्रमा सडक विस्तार गर्दा कुलो भत्केका छन् । सिँचाइको कुलो सडक विस्तारका नाममा छिन्नभिन्न भएपछि खेती हुन छाडेको स्थानीय बासिन्दाको गुनासो छ । पहिलो बीस धाराबाट जमिन सिँचाइ गरी किसानले तीन खेती गर्दै आएका थिए ।

धान, मकै, गहुँखेती गर्दै आए पनि सिँचाइ सुविधाको अभावमा अहिले मकैखेती मात्र गर्दै आएको स्थानीयबासिन्दा लीलामणि अधिकारीले गुनासो पोख्नुभयो । सडक विस्तारले सात वर्षदेखि अहिलेसम्म कुलोको नामनिशाना नरहेको स्थानीय बासिन्दा अधिकारीले बताउनुभयो । झण्डै सात सय रोपनी जमिनमा अहिले सिँचाइको पहुँच छैन । सिँचाइको सहज पहुँच र अन्नबाली राम्रो हुने देखेर अधिकारी विसं २०६० मा पाल्पाको गुगाबाट बसाइँसराइ गरेर आउनुभएको हो ।

“पहिला धान, मकै प्रशस्त उत्पादन हुने ठाउँ हो, हाम्रा बाहुबाजे मकै धान स्याङ्जाका मानिसलाई बेच्थ्यौं”, स्थानीयवासी प्रेम पन्थीले बताउनुभयो । सिँचाइको सुविधाबाट वञ्चित भएसँगै स्थानीयवासीको जीविकोपार्जनमा समस्या देखिएको छ । कालीगण्डकी कोरिडोर विस्तारपछि यहाँका स्थानीयवासीमा उत्साह थपिएको थियो । स्थानीयवासीले कालीगण्डकी कोरिडोरको सडक विस्तारले खानेपानीका धाराकुवासमेत छिन्नभिन्न भएपछि नदीको पानी बोकेर खानुपरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.