भर्खरै : Sorry, your browser does not support inline SVG.
लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना | काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट | रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला |

सुडानको खार्तूममा ज्यान गुमाउनेमा बालबालिका, १६ जनाको ज्यान गयो

सुडानको खार्तूममा ज्यान गुमाउनेमा बालबालिका, १६ जनाको ज्यान गयो

काठमाण्डौ । हवाई आक्रमण हँदा सुडानको खार्तूममा कम्तीमा १६ जनाको ज्यान गएको छ । सर्वसाधारणको घरमा गोलाबारी भएपछि कम्तीमा १६ जना नागरिकले खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा ज्यान गुमाएको जनाएको छ ।

सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्‍यापिड फोर्स (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच गएको अप्रिल १५ देखि लडाइँ शुरु भएको थियो ।

सुडानमा दुई पक्षबीच शुरु भएको लडाइँको सय दिन बितेको छ । ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । हताहती र थप क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.