भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुदूरपश्चिममा आज शोक बिदा, मन्त्री सिंहको दुर्घटनामा निधन

सुदूरपश्चिममा आज शोक बिदा, मन्त्री सिंहको दुर्घटनामा निधन

धनगढी । सुदूरपश्चिम सरकारले आज बुधबार शोक बिदा दिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा भएको निधनको शोकमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

धनगढीबाट बझाङ जाने क्रममा मंगलबार गाडी दुर्घटनामा परी घाइते भएका मन्त्री सिंहसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिंहसहित उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंह रहेको प्रहरीले जनाएको छ ।

पाँच जना सवार गाडी मंगलबार दिउँसो बझाङको केदारस्यूँ गाउँपालिका– १ को देउरामा दुर्घटना भएको थियो । दुर्घटना पश्चात् गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर अस्पताल लगिएको थियो ।

मन्त्री सिंहको अपराह्न ०५ः ३३ बजे मृत्यु भएको भने अन्य दुई जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सिंहको शव मंगलबार नै हेलिकोप्टरबाट धनगढी लगिएको हो ।

विहान ९ बजे श्रद्धाञ्जली लागि मन्त्री सिंहको शव धनगढीस्थित खुलामंचमा राखियो त्यस लगत्तै उनको शव गृह जिल्ला बझाङ लगिने र उतै अन्त्यष्टी गरिने प्रदेश सरकारले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.