भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सुदूरपश्चिममा कोरोनाका १९५ सङ्क्रमित

सुदूरपश्चिममा कोरोनाका १९५ सङ्क्रमित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा कोभिड–१९ का शङ्कास्पद ६५४ जनाको नमूना परीक्षण गरिँदा १९५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बझाङ ,डडेलधुरा, दार्चुला, र डोटी जिल्लाका छन् । दुई दिनमा विभिन्न जिल्लाका शङ्कास्पद ८२५ जनाको नमूना सङ्कलन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार दुई दिनयता थपिएका सङ्क्रमित आजसम्म प्रदेशमा कूल सङ्क्रमित ११ हजार ४७२ पुगेका छन् । हालसम्म उपचार व्यवस्थापनपछि नौ हजार ६११ जना डिस्चार्ज हुनुभएको छ । अहिले सम्म ३९ जना सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमित भई होम आइसोलेशनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउनुभयो । “जाडो मौसममा ‘भाइरल इम्फेक्शन’ को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्दै गएको देखिएको छ”, उहाँले भन्नुभयो, “पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका र सक्रिय सङ्क्रमित बिरामी भर्ना हुने दर पनि बढ्दो छ ।”

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.