भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुदूरपश्चिममा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीहरुको आजै शपथ

सुदूरपश्चिममा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीहरुको आजै शपथ

धनगढी । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका नेताहरुलाई सहभागी सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।

विस्तारित मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रले दुई मन्त्रीसहित एक राज्य मन्त्रीको नाम सिफारिस गरेको थियो । माओवादी केन्द्रबाट रमेश धामी, झपट साउद र गीतादेवी माल मन्त्री बनेका छन् । साउद सामाजिक विकास मन्त्री, धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

यस्तै शनिबार बसेको नेपाली काँग्रेस सुदुरपश्चिम संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउँने निर्णय गरेको थियो । सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले दुुई मन्त्रालय पाउँनु पर्ने अडान राखेर मन्त्रीको नाम सिफारिस नगरेपछि काँग्रेस र माओवादीको सहभागीतामा मन्त्रिपरिषद विस्तारित गरिएको हो । उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए । यद्यपि आफूहरु छलफलमै रहेको उनले बताए ।
यता मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् । मुख्यमन्त्री शाह २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.