भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिम : संयुक्त राष्ट्रसंघ

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिम : संयुक्त राष्ट्रसंघ

एजेन्सी । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको र यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको राष्ट्र संघले जनाएको छ ।

संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर, युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले खोप अभियान नराम्ररी प्रभावित भएको जनाएको छ । यस वर्ष १ करोड ८० लाखभन्दा बढी ओरल हैजाको भ्याक्सिन डोज माग गरिएको छ तर, ८० लाख मात्र उपलब्ध भएको विश्व स्थास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेको र मृत्युदर १ सय भन्दा धेरै भएको बताइएको छ । गरिबी,द्वन्द्व,जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसंख्या विस्थापनका कारण सङ्क्रमण बढेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.