भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सुदूर र मध्यपश्चिममा भारी हिमपात, हिउँले खानेपानीका पाइपहरू जाम

सुदूर र मध्यपश्चिममा भारी हिमपात, हिउँले खानेपानीका पाइपहरू जाम

काठमाडौं । सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लामा भारी हिमपात भएको छ । उच्च क्षेत्रमा बुधबार रातिदेखि हिमपात सुरु भएको हो । हिउँ परेसँगै लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ भने हिमपातले जनजीवन कष्टकर बनेको छ ।

चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । यता दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड, अपी हिमाल, न्वालपानी, दल्लेखलगायतका क्षेत्रमा हिमपात भएको मालिकार्जुन गाउँपालिका–२ का स्थानीय धनसिंह धामीले बताए ।

त्यस्तै, ब्यास गाउँपालिका–३ को सीना तुसरपानी, वडा–२ को राप्ला, दुम्लिङ, वडा–४ को सुन्सेरा, डोकट, वडा–५ को धौलाकोट, वडा–६ को हुतीलगायतका बस्तीहरूमा हिउँ परेको ब्यास गाउँपालिकाका स्थानीय पदमराज भट्टले बताए ।

कालापानी नजिकको क्षेत्र वडा–१ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँले खानेपानीका पाइपहरू जाम भएका छन् भने शौचालय जानसमेत समस्या भएको छ । छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् ।

तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्ने गरेको छ । अहिले चिसोका कारण ब्यास गाउँपालिका–१ छाङ्रुमा रहेका सुरक्षाकर्मीलाई पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.