भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

सुनसरीका कुम्भकार समुदाय माटाका भाँडा बनाउन व्यस्त

सुनसरीका कुम्भकार समुदाय माटाका भाँडा बनाउन व्यस्त

इनरुवा, । एकबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा– २ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोई माटो मुछन् त कोई भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटाका भाँडा सहज रुपमा पुयाउने । हिन्दूहरुको महानपर्व तिहार तथा छठ आउन केही दिन मात्र बाँकी छँदा सुनसरी सदरमुकाम इनरुवाका मात्र नभइ जिल्लाका विभिन्न स्थानमा रहेका कुम्भकार अर्थात पण्डित समुदायका मानिस अहिले माटाबाट निर्माण हुने भाँडा बनाउने काममा व्यस्त भएका छन् ।

सदरमुकाम इनरुवा, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्जलगायत स्थानीयतहमा रहेका कुम्भकार अर्थात पण्ति समुदायका मानिसले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटाका भाँडा बनाउने काममा व्यस्त भएको इनरुवा– २ का श्रीप्रसाद पण्डितले बताए । कुम्भकार समुदाय दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटाका घैँला, दियोसहितका विभिन्न किसिमका भाँडाकुडा बनाउने काममा व्यस्त भएका छन् । माटाका भाँडा बनाउन काँचो कुमाले माटाको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जाहो गर्ने गरिएको छ ।

एक महिना अगाडिसम्म वर्षाका कारण माटो ल्याउन नसकिएकाले भाँडा बनाउनमा ढिलो हुने भएका कारण आफू अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितले बताए । नजिकमा भाँडा बनाउने माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी भाँडा बनाउनुपर्ने बाध्यता रहेकोले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको उनले बताए । दिपावली तथा छठ पर्व आउन केही दिन मात्र बाँकी रहेकाले वर्षाका कारण माटाका भाँडा तयार गर्न नसकिएको स्थानीयवासी सियाराम पण्डितले बताए ।

पण्डित अर्थात कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुडा बनाउने रहेका कारण सो कार्यक्रमा व्यस्त बनेको उनीहरुको भनाइ छ । माटाका भाँडा बनाइ गाउँघरदेखि सहरबजारसम्म पुयाउनुपर्ने भएकाले उक्त समुदाय भाँडा निर्माण गर्न सरिक हुने गरेको बताइएको छ । आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिन अगाडिदेखि नै गरे पनि निकै चुनौती रहेको उनीहरुको भनाइ छ । माटो ल्याउन र अन्य कार्य गर्न चुनौतीको सामना गरे पनि राज्य पक्षले आफुहरुलाई उपेक्षा गरेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितले बताए ।

 


Thali Mobile Pvt.Ltd.