जाजरकोट । सुन्तलाको व्यावसायिक खेतीसँगै जाजरकोटका कृषक जुस बनाउन सक्रिय भएका छन् । सडक सञ्जाल नहुँदा डोकोमा बोकेर बजारसम्म सुन्तला ल्याउन धौधौ हुने र अहिले यातायात गाउँमा पुगेसँगै सुन्तला विभिन्न ठाउँमा पुग्ने गरेको छ ।
अहिले सुन्तलाको जुस बनाउन थालेपछि सवैको नजर त्यता जाने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय एकाइ जाजरकोटले किसानलाई सहयोग गरेको जनाएको छ ।
कोरोनाका त्रासका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला बिक्री, वितरण कम हुनथालेपछि गाउँमै जुस बनाउन थालिएको दमदालाका अगुवा कृषक शक्ति ओलीले बताए।
