भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिवि सेवा आयोगका स्वीकृत उम्मेदवारको परीक्षा माघ २५ देखि हुने

त्रिवि सेवा आयोगका स्वीकृत उम्मेदवारको परीक्षा माघ २५ देखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षा माघ २५ गतेदेखि सुरू गर्ने भएको छ।

माघ २५ देखि फागुन २३ गतेसम्म पदअनुसार लिखित परीक्षा हुने गरी आयोगले आज सूचना निकालेर तालिका सार्वजनिक गरेको हो।आवेदन दिएकामध्ये त्रिवि कर्मचारीको नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियममा भएको व्यवस्थाअनुसार दरखास्त स्वीकृत भएकाहरू मात्रै परीक्षामा सहभागी हुन पाउँछन् ।

परीक्षा केन्द्र ईञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा हने जनाइएको छ । प्रवेश पत्र माघ १५ गतेदेखि आयोगको वेवसाइटबाट प्रिन्ट गर्न सकिनेछ । परीक्षा दिन जाँदा अनिवार्य सक्कल नागरिकता ल्याउनुपर्ने आयोगले बताएको छ।

 


Thali Mobile Pvt.Ltd.