त्रिवि सेवा आयोगका स्वीकृत उम्मेदवारको परीक्षा माघ २५ देखि हुने

त्रिवि सेवा आयोगका स्वीकृत उम्मेदवारको परीक्षा माघ २५ देखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षा माघ २५ गतेदेखि सुरू गर्ने भएको छ।

माघ २५ देखि फागुन २३ गतेसम्म पदअनुसार लिखित परीक्षा हुने गरी आयोगले आज सूचना निकालेर तालिका सार्वजनिक गरेको हो।आवेदन दिएकामध्ये त्रिवि कर्मचारीको नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियममा भएको व्यवस्थाअनुसार दरखास्त स्वीकृत भएकाहरू मात्रै परीक्षामा सहभागी हुन पाउँछन् ।

परीक्षा केन्द्र ईञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा हने जनाइएको छ । प्रवेश पत्र माघ १५ गतेदेखि आयोगको वेवसाइटबाट प्रिन्ट गर्न सकिनेछ । परीक्षा दिन जाँदा अनिवार्य सक्कल नागरिकता ल्याउनुपर्ने आयोगले बताएको छ।

 


Thali Mobile Pvt.Ltd.