भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

सुन गालेर मात्रा तय गरेपछि आर्थिक परीक्षणको काम सुरु गरिने

सुन गालेर मात्रा तय गरेपछि आर्थिक परीक्षणको काम सुरु गरिने

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन गाल्न सुरू भएको छ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालिने भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्न सुरु भएको हो ।

सुनको मात्रा पत्ता लगाउन सोमबारबाट सुन गाल्ने कार्यको थालनी भएको थियो । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने जनाएको छ । राजस्व अनुसन्धान विभागले गएको ३ गते सिनामङ्गलमा भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो ।

यो प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । मोटरसाइकलको ब्रेकसु बनाएर ल्याइएको सुन सोमबार पहिलो पटक गालिएको थियो । सोमबार करीब ६१ किलो बनेको सुनको मात्र थप गाल्दा अझै घट्न सक्ने टक्सार महाशाखाका विज्ञहरुले बताएका छन् । सुन गालेर मात्रा तय गरेपछि आर्थिक परीक्षणको काम सुरु गरिने छ । राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सारबाट बाहिरिएको सुन यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.