भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुन तस्करी प्रकरणः भण्डारीसँग सीआईबीको बयान

सुन तस्करी प्रकरणः भण्डारीसँग सीआईबीको बयान

काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

भण्डारीलाई सीआईबी कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । अस्वभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्धा समेत खेपीरहेका भण्डारीकोे सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखिएपछि सीआईबीले निगरानीमा राखेको छ ।

नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्वमन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा काम गरेका थिए ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीविरुद्ध विशेष अदालतमा मुद्दा छ ।

 


Thali Mobile Pvt.Ltd.