भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सुन तस्करी प्रकरणः भण्डारीसँग सीआईबीको बयान

सुन तस्करी प्रकरणः भण्डारीसँग सीआईबीको बयान

काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

भण्डारीलाई सीआईबी कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । अस्वभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्धा समेत खेपीरहेका भण्डारीकोे सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखिएपछि सीआईबीले निगरानीमा राखेको छ ।

नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्वमन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा काम गरेका थिए ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीविरुद्ध विशेष अदालतमा मुद्दा छ ।

 


Thali Mobile Pvt.Ltd.