५ साउन २०७७ सुर्खेत । सुर्खेतमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । बराहताल गाउँपालिका –८, भेट्टेघारीको शिवधाम मन्दिरमा पूजा गर्ने क्रममा ती महिलाको मृत्यु भएको हो ।
बराहताल–४ सिम्लेपानीकी ६२ वर्षकी लक्ष्मी शाहीको सोमबार दिउँसो मन्दिरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले बताए ।
शाहीले सोमबार बिहानै कर्णाली नदीको जल लिएर मन्दिर गएकी जल चढाउन लाइनमा बसेकी उनी एक्कासी बेहोस भएर ढलेकी बताइएको छ ।
