५ साउन२०७७ भक्तपुर । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर बराही क्षेत्रका तीन दर्जन घर डुबानमा परेकोका छन् ।
हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले बताए ।
बाढीले वडा नम्बर १, ३ र ४ बढी प्रभावित भएको र जमिनको सतह भन्दा चारफिट माथि पानी आएकोले पानी घरभित्र पसेको छ । राममन्दिर बाराहीस्थानदेखि सल्लाघारी क्षेत्रमा डुबानमा परेको उनको भनाई छ । यस क्षेत्रको करिब सात सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको वडा १ का अध्यक्ष श्यामकृष्ण खत्रीले बताए ।
