भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नगर प्रमुख र उप–प्रमुखमा एमालेका बासुदेव थापा र सरिता भट्टराई (तिमिल्सिना) विजयी भएका छन् ।
मेयरका उम्मेदवार बासुदेव थापाले १४ हजार ७ सय ५८ मत र उपमेयर उम्मेदवार भट्टराईले १४ हजार ४९० मत प्राप्त गरी विजयी भएका हुन । मेयरका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका निशान ढुंगेलले १३ हजार २३२ मत प्राप्त गर्दै उपजिवेता बनेका हुन ।
सूर्यविनायक नगरपालिकाको मेयरमा थापा १ हजार ५२६ मतान्तरले जिजयी भएका हुन । मेयर र एमाले अध्यक्ष ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिकामा एमाले विजयी भएका छन् ।
उपमेयर भट्टराईका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ६ हजार ६६१ मत प्राप्त गरेका छन् ।
सूर्य विनायक नगरपालिका वडा नं १ मा नेकपा एमाले, वडा नं २ मा नेपाली काँगेस, वडा नं ३ मा नेपाली काँग्रेस, वडा नं ४ मा नेपाली काँगे्रस, वडा नं ५ मा नेकपा एमाले, वडा नं ६ मा नेपाली काँग्रेस, वडा नं ७ नेकपा एमाले, वडा नं ८ मा नेकपा एमाले, वडा नं ९ मा नेपाली काँग्रेस र वडा नं १० मा नेकपा एमालेका उम्मेदवारहरु वडा अध्यक्षमा विजयी भएका छन् ।
