भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

डोटी । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग सानोगौचरण काठमाडौँले जिल्लाको बोगटान फुड्सिलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । कूल ३०८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त आयोजना पूर्णरूपमा सम्पन्न गर्नका लागि रु ९१ अर्ब लगानी लाग्ने भएको छ । आयोजनाबाट सबैभन्दा बढी डोटीकोे बोगटान फुड्सिलमा क्षति हुने वातावरण परामर्शदाता डा ज्योतिप्रसाद गजुरेलले जानकारी दिनुभयो ।

उक्त विद्युत् निर्माण गर्नका लागि ८८४ घरधुरीमा असर पर्ने अध्ययनले देखाएको छ । सोमा डोटीका मात्रै ६५६ घर छन् भने बाँकी २२८ घर अछामका छन्् । चार सय मिटर अग्लो हुने आयोजनाको बाँधले अछामकोे मङ्गलसैन नगरपालिकाका वडा नं ३, ५ र ७ चौरपाटी गाउँपालिकाका वडा नं १ र २े बोगटान फुड्सिलका वडा नं २, ५, ६ र ७ मा प्रभाव पार्ने बताइएको थियो । यस्तै डोटीकै केआइसिंह गाउँपालिकाका वडा नं २ र ३, दिपायल सिलगढी नगरपालिकाका वडा नं ७ र ८, पूर्वीचौकी गाउँपालिकाका वडा नं ५ र ७ मा पनि प्रभाव पर्ने जनाइएको छ ।

भौतिक वातावरणमा पर्ने प्रमुख असर डुबान भएको सो कार्यक्रममा जानकारी दिइएको थियो । डुबान क्षेत्रमा पर्ने ६६४ पक्की घर, २२० कच्ची घर, ७५६ गोठ, १० झोलुङ्गे पुल, छ खानेपानी आयोजना, १२ घाट, २० मन्दिर, चार विद्यालय, दुई हेल्थ पोष्ट, ३२ हजार ७९९ बोटबिरुवा, तीन पक्की सडक र कच्ची सडक ९३५ कि।मी०, सिँचाइ पाँच योजना, एक पानीघट्टमा प्रभाव पर्ने कार्यक्रममा जानकारी दिइएको बोगटान फुड्सिलका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनुभयो ।

आयोजनाका लागि वन क्षेत्र १०४०।९ हेक्टर, निजी जमिन १८७३।५ हेक्टर ९३६ हजार ८२६।४९ रोपनी ०, १४६६।१२४ हेक्टर सरकारी जमिन प्रयोग हुने जानकारी गराइएको छ । आयोजनाले कम्तीमा पनि एक लाख १४ हजार ६०२ प्रजातिका बोटबिरुवा प्रभावित हुने वातावरण परामर्शदाता डा गजुरेलले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.