भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

प्रतिनिधिसभामा कैलाली–५ बाट कांग्रेसका पन्त निर्वाचित

प्रतिनिधिसभामा कैलाली–५ बाट कांग्रेसका पन्त निर्वाचित

कैलाली । निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

जम्मा ६५ हजार छ सय १३ मतमध्ये विजयी भएका पन्तले २१ हजार तीन सय ९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गरेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार नौ सय ९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले छ हजार छ सय १९ मत प्राप्त गरे ।

 


Thali Mobile Pvt.Ltd.