भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

सोती हत्याकाण्डका आरोपीलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

सोती हत्याकाण्डका आरोपीलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

२२ जेठ २०७७ रुकुम । सोती हत्याकाण्डका आरोपीलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका– ८, सोतीमा गत १० जेठमा नवराज विक सहित ६ जनाको हत्या प्रकरणका आरोपी १८ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले बिहीबार १० दिनको म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकोमा अदालतले आरोपीलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले बताए । मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुईपटकमा गरी १८ जनालाई पक्राउ गरेको छ ।

दुईजना भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । पहिलोपटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रोपटक म्याद थपका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

प्रेमिकालाई बिहे गरेर लैजान भन्दै आएका जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको समूहलाई सोतीका गाउँलेले लखेटे लखेटी कुटेका थिए । नवराजको सोतीकी कथित उपल्लो जातकी किशोरीसँग प्रेम–सम्बन्ध रहेको र उक्त सम्बन्धलाई विवाहमा परिणत गर्न गएका उनीहरूको हत्या भएको पीडित परिवारले दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.