भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सोलुखुम्बुमा राजस्व सङ्कलनमा कमी

सोलुखुम्बुमा राजस्व सङ्कलनमा कमी

सोलुखुम्बु । सोलुखुम्बुमा फार्र्म दर्ता गराउनेको सङ्ख्यामा ५६ प्रतिशतले गिरावट आएपछि घरेलु तथा साना उद्योग कार्यालयको राजश्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्ष २०७८ / ७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९ / ८० को सोही अवधिमा उद्योग तथा वाणिज्यतर्फ फार्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएको छ ।

गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय एक उद्योग र २४ वाणिज्य फार्र्म दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको सोही अवधिमा ७४ उद्योग र २४ वाणिज्य फार्म मात्र दर्ता भएका छन् । कार्यालयमा फार्र्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएसँगै राजस्व सङ्कलनमा पनि ४८ प्रतिशतले कमी आएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा रु चार लाख ७० हजार राजस्व सङ्कलन भएकामा चालु आवमा रु दुई लाख ४० हजार मात्र राजस्व सङ्कलन भएको छ । गत वर्ष कोभिड–१९ का कारण गाउँ फर्किएका नागरिकले अनुदानका लागि विभिन्न फार्म दर्ता गर्ने क्रम बढेको थियो । यस वर्ष अनुदान कार्यक्रम नहुँदा फार्म दर्ता गराउनेको सङ्ख्या घटेको उद्योग अधिकृत सङ्गीता थुलुङ राईले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.